कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बैतडी जिप दुर्घटना : मृतकको संख्या ४ पुग्यो, ६ घाइते

तृप्ति शाही

बैतडी — बैतडीमा जिप दुर्घटनामा परी मुत्यु हुनेको संख्या ४ पुगेको छ । ६ जना घाइते छन् ।

दुर्घटनामा मृत्यु हुनेमा पाटन नगरपालिका-१ का १३ वर्षीय विनोद भट्टराई, सोही ठाउँकी ७२ वर्षीया रमा भट्टराई रहेकी छन् । यस्तै सूर्नया गाउँपालिका -४ की २० वर्षीया मनिषा बिक र उनका श्रीमान् २४ वर्षीय प्रेम चुनाराको मृत्यु भएको छ ।

दुर्घटनामा परि अन्य ६ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र उपचारका लागि धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ ।

पाटन नगरपालिका -१ सकारमा पाटनबाट कैलपालतर्फ गइरहेको से १ ज ८८८ नम्बरको जिप दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राकेश शाहीले बताए ।

उनका अनुसार ५ जना घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भइरहेको छ । घटनापछि घाइते चालक फरार रहेका उनले बताए । जिपमा ११ यात्रु सवार रहेका प्रहरीले जनाएको छ । मृतक मनिषा र प्रेमको केही दिनअघि मात्र विवाह भएको थियो । परिवार तथा आफन्तहरूका अनुसार उनीहरू माइती घर जाँदै थिए ।

प्रकाशित : मंसिर २०, २०७८ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?