हिरासतभित्रै आत्महत्या प्रयास

बझाङ — लागूऔषध चरेससहित पक्राउ परेपछि प्रहरी अनुसन्धानको क्रममा हिरासतमा रहेकी एक महिलाले आत्महत्याको प्रयास गरेकी छन् । मंसिर १४ गते २८ किलो चरेससहित पक्राउ परेकी जयपृथ्वी नगरपालिका–३ की कल्पना रोकायाले झुन्डिएर आत्महत्याको प्रयास गरेकी प्रहरीले जनाएको छ ।

अनुसन्धानका लागि दोस्रो पटक म्याद थप गर्ने तयारी हुँदै गर्दा शौचालय जाने बहाना बनाएर उनी जिल्ला प्रहरी कार्यालयको हिरासतको शौचालयभित्रै झुन्डिएकी थिइन् । आफूले प्रयोग गर्ने गरेको तौलियालाई शौचालयको भेन्टिलेसनमा रहेको रडमा बाँधेर उनले आत्महत्याको प्रयास गरेकी बझाङका प्रहरी प्रमुख डीएसपी ज्ञानबहादुर विष्टले बताए । ‘पहिले नै योजना बनाएकी रहिछन्,’ विष्टले भने, ‘पासो लाउन प्रयोग गरेको तौलिया हल्का तन्किने खाले भएकाले ज्यान जान पाएन ।’

प्रकाशित : मंसिर २०, २०७८ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?