कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

चार पालिकामा मतदाता नामावली संकलन

दार्चुला — जिल्लाका विभिन्न ठाउँमा मतदाता नामावली संकलन विशेष कार्यक्रम शुक्रबारबाट सञ्चालन गरिएको छ । महाकाली नगरपालिकाबाहेक जिल्लाका ८ वटा स्थानीय तहमा पुगेर दुई चरणमा मतदाता नामावली संकलन सुरु गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । पहिलो चरणको कार्यक्रममा लेकम, व्यास, अपिहिमाल गाउँपालिका र शैल्यशिखर नगरपालिकामा मतदाता नामावली संकलन गर्ने कार्यक्रम सुरु भइरहेको छ ।

मंसिर २९ देखि पुस ९ गतेसम्म सञ्चालन हुने दोस्रो चरणको कार्यक्रममा मालिकार्जुन, दुहु, मार्मा र नौगाड गाउँपालिकामा मतदाता नामावली संकलन गरिनेछ ।

महाकाली नगरपालिकामा हाल यो कार्यक्रम जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा आएर दर्ता गराउन सकिनेछ । मतदाता नामावलीमा नाम दर्ता गराउँदा नागरिकले नागरिकताको प्रमाणपत्र साथमा लैजानुपर्नेछ । नागरिकताको प्रमाणपत्रमा उल्लेख भएको ठेगानाभन्दा अन्य स्थानको मतदाता नामावलीमा नाम दर्ता गराउँदा बसाइँ सराइको प्रमाणपत्र, विवाह दर्ताको प्रमाणपत्रसहितको कागज ल्याउनुपर्नेछ ।

प्रकाशित : मंसिर २०, २०७८ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?