बाजुरामा अटो दुर्घटना, २ जनाको मृत्यु

काठमाडौँ — बाजुराको बडिमालिका नगरपालिका–८ मा पर्ने थुवाकाँधस्थित अटो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । अरु दुईजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार घाइतेमध्ये दुईजनाको घटनास्थलमै मृत्यु भएको हो । दुईजनाको अवस्था भने सामान्य रहेको प्रहरीको भनाइ छ । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि अटो चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

सदरमुकाम मार्तडीदेखि जडाङगा जाँदै गरेको अटो आइतबार साँझ साढे ५ बजे दुर्घटनामा परेको हो । अटो सडकबाट करिब दुई सय मिटर तल बूढीगंगा नदीको किनारमा परेको बताइएको छ । घटनाबारे थप अनुसन्धान गरिने प्रहरीको भनाइ छ ।

प्रकाशित : मंसिर १९, २०७८ २०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?