१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

कांग्रेस सुदूरपश्चिम सभापतिमा देउवा पक्षका बलायर निर्वाचित 

मोहन बुडाऐर

धनगढी — नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन पक्षका उम्मेदवार वीरबहादुर बलायर विजयी भएका छन् । उनले पौडेल पक्षका नारायणदत्त मिश्रलाई ४ सय बढी मतान्तरले पराजित गरेका हुन् । 

कांग्रेस सुदूरपश्चिम सभापतिमा देउवा पक्षका बलायर निर्वाचित 

निर्वाचन समितिका संयोजक वीरबहादुर जेठराका अनुसार शनिबार सम्पन्न मतदानमा देउवा पक्षबाट उम्मेदवार बलायरले ६ सय ८८ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी पौडेल पक्षका उम्मेदवार नारायणदत्त मिश्रले जम्मा २सय ८० मत प्राप्त गरे । कुल मतदाता १ हजार २६ मध्ये खसेको कुल मतसंख्या १ हजार ३ थियो ।

त्यस्तै, उपसभापतिम देउवा पक्षका जनकराज चौधरीले ६१० र लोकराज अवस्थीले ५२३ मत प्राप्त गरी निर्वाचित भएका छन् । महामन्त्रीमा देउवा पक्षकै नरनारायण शाहा मनुले ६४८ र मेघराज खडकाले ६३५ मत प्राप्त गर्दै विजयी भए ।

सहमहामन्त्रीमा पनि देउवा पक्षका उम्मेदवार गोपाद दत्त भट्टले ५२९ र चिन्तामणी भट्टले ५३३ मत ल्याउँदै विजयी भएका छन् । सह महामन्त्री (महिला)मा देउवा पक्षकै अम्बिकाकुमारी चलाउनेले ६८६ मत प्राप्त गरी विजयी भएकी छन् ।

निर्वाचन समितिका संयोजक वीरबहादुर जेठराका अनुसार खुला र अन्य समूहगतका सदस्यको मत परिणाम अहिले १ बजे देखि गणना सुरु भइरहेको छ ।

प्रकाशित : मंसिर १९, २०७८ १३:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?