१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

कांग्रेस सुदूरपश्चिम : निर्वाचनका लागि उम्मेदवारी दर्ता सुरु

चित्रांग थापा

धनगढी — पूर्वनिर्धारित निर्वाचन कार्यतालिकामा ३ घण्टा ढिलो गरी नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिको निर्वाचन प्रक्रिया सुरु भएको छ ।

कांग्रेस सुदूरपश्चिम : निर्वाचनका लागि उम्मेदवारी दर्ता सुरु

शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्म उममेदवारहरूको मनोनयन पत्र दर्ताको पूर्वनिर्धारित समयमा हेरफेर गरी दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको हो ।

प्रदेश अधिवेशन आयोजक समितिको प्रचारप्रसार उपसमितिका संयोजक नृप सुनारका अनुसार परिवर्तित कार्यतालिका अनुसार शुक्रबार दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्वाचन समितिले तोकिएको हो ।

प्रचारप्रसार उपसमितिका संयोजक सुनारका अनुसार शुक्रबार दिउँसोसम्म सभापति पदमा संस्थापन पक्षबाट वीरबहादुर बलायर र संस्थापन इतर पक्षबाट नारायण दत्त मिश्रले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै उपसभापतिमा गोपाल गुरुङ र मानबहादुर रावल तथा महामन्त्री पदका लागि नर नारायण शाह, प्रताप गुरधामी र रामबहादुर शाहीले उम्मेदवारी दर्ता गराएको संयोजक सुनारले बताए । विभिन्न पदाधिकारी तथा सदस्यहरूका लागि मनोनयन प्रक्रिया जारी छ ।

प्रकाशित : मंसिर १७, २०७८ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?