कांग्रेस कञ्चनपुरको सभापतिमा बोगटी विजयी 

भवानी भट्ट

कञ्चनपुर — नेपाली कांग्रेस कञ्चनपुरको सभापतिमा संस्थापन पक्षका पदम बोगटी निर्वाचिन भएका छन् । संस्थापन पक्षकै अर्का उम्मेदवार बहादुरसिंह थापालाई पराजित गर्दै बोगटी निर्वाचित भएका हुन् । 

कांग्रेस कञ्चनपुरको सभापतिमा बोगटी विजयी 

शनिबार भएको मतदानको मत परिणाम आइतबार सार्वजनिक भएको हो । जसअनुसार बोगटीले ८०६ र थापाले ७१५ मत प्राप्त गरे ।

बोगटी संस्थापन पक्षकै केन्द्रीय सदस्य रमेश लेखक निकट हुन् भने थापा केन्द्रीय सदस्य एनपी साउद निकट हुन् । दुवैले प्यानल बनाएरै चुनाव लडेका थिए । निर्वाचन समितिका अनुसार उपसभापतिमा मीनबहादुर सिंह र हरिशचन्द्र राना विजयी भएका छन् । सचिवमा हेमराज ओझा र भीमराज भट्ट निर्वाचित भएका छन् ।

यसैगरी सहसचिवमा नाफुसिंह साउद र पुष्कल चौधरी विजयी भएका छन् । जिल्ला समितिका लागि शनिबार भएको निर्वाचनमा १६ सय १८ मतदातामध्ये १५ सय ७१ मत खसेको थियो ।


प्रकाशित : मंसिर १२, २०७८ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?