कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

मापसे गरेर विवाद हुँदा हत्या

वसन्तप्रताप सिंह

बझाङ — मदिरा सेवन गरेर भएको विवाद र कुटपिटका कारण जिल्लामा एकजनाको ज्यान गएको छ । जयपृथ्वी नगरपालिका-७ ज्वाडाका ४६ वर्षीय पिरु भण्डारीको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार राति ८ बजेतिर मृतक भण्डारी मदिरा सेवन गरेर उनकै गाउँले २३ वर्षीय दिपेन्द्र थापाको कुलीबाँध भन्ने ठाउँमा रहेको घट्टमा गएका थिए । भण्डारीले थापासँग विवाद गर्न खोजेपछि उनलाई थापाले धकेलेर बाहिर ठेल्दा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।

घाइते भण्डारीलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याएपनि अस्पताल पुग्‍ने बित्तिकै मृत्यु भएको बझाङका डीएसपी ज्ञानबहादुर विष्टले जानकारी दिए । घटना संलग्न दिपेन्द्र थापालाई शनिबार राति नै पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रकाशित : मंसिर १२, २०७८ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?