३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कैलाली कांग्रेसको जिल्ला अधिवेशन स्थगित 

मोहन बुडाऐर

धनगढी — नेपाली कांग्रेस कैलालीको जिल्ला अधिवेशन स्थगित भएको छ । जिल्ला कार्यसम्पादन समितिको बैठकले १० गतेका लागि तोकेको जिल्ला अधिवेशन तयारी नपुगेको भन्दै स्थगित गरेको जनाएको छ । जिल्ला प्रचारप्रसार समितिका संयोजक नृपबहादुर सुनारले  कैलालीको धनगढीमै यही १६ र १७ गते प्रदेशस्तरीय अधिवेशन भएकोले जिल्ला अधिवेशन गर्न समय अपुग भएको बताए ।

कैलाली कांग्रेसको जिल्ला अधिवेशन स्थगित 

‘१० गते अधिवेशन गरेपछि निर्वाचनको परिणाम घोषणा गर्दा ३/४ जान सक्छ’,उनले भने,‘सर्वसम्मतको अवस्था छैन । चुनाव हुने त्यो पनि दोस्रो चरणमा जाने स्थिति देखिन्छ । उनले दोस्रो चरणको चुनाव भएपछि प्रदेश अधिवेशनका लागि तयारी नपुग्ने भएकाले जिल्ला अधिवेशनलाई पछाडि सार्ने निर्णय गर्नु परेको बताए ।

जिल्ला सभापति नरनरायण शाहले पनि विज्ञप्ति जारी गर्दै जिल्ला अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको बताए । प्रदेश अधिवेशन समयमै सम्पन्न गर्नका लागि जिल्ला अधिवेशन गर्न नसकेको विज्ञप्तिमा उल्लेख छ । कैलालीमा संघ निर्वाचन क्षेत्रीय समिति र महाधिवेशन ८ गते सम्पन्न गरिसकेको छ । कैलालीबाट केन्द्रीय महाधिवेशनका लागि १ सय २५ जना निवाचित भइसकेका छन् ।


प्रकाशित : मंसिर १०, २०७८ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?