कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

ट्रकको ठक्करबाट महिलाको मृत्यु

गणेश चौधरी

टीकापुर — पूर्व पश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्कीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । ना २ ख ९३७० नम्बरको ट्रकले ठक्कर दिँदा ती महिलाको मृत्यु भएको हो ।

महिलाको मृत्युपछि स्थानीयले ट्रकमा आगजनी गरेका छन् । आगजनीमा संलग्न भीड नियन्त्रण गर्न प्रहरीले केही सेल अश्रु ग्यास समेत प्रहार गरेको थियो । मृतक महिलाको सनाखत हुन नसकेको टीकापुर प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर ९, २०७८ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?