१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

कञ्चनपुरमा १८ वर्षमाथिका सबैलाई खोप

कञ्चनपुर — कञ्चनपुरमा १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिइने भएको छ । शनिबारदेखि जिल्लामा १८ वर्षमाथिका सबैलाई खोप दिइने स्वास्थ्य कार्यालयले जनाएको छ । अहिले भेरोसेल र अस्ट्राजेनेकाको खोप लगाइने छ । पहिलो चरणमा भेरोसेलका १ लाख डोज खोप आउनेछ ।

कञ्चनपुरमा १८ वर्षमाथिका सबैलाई खोप

जिल्लामा मौज्दात रहेको ७ हजार अस्ट्राजेनेकाको खोपमध्ये दोस्रो डोजका लागि सुनिश्चित गरेर लगाइने स्वास्थ्य कार्यालयका कोल्ड चेन अधिकृत जनक कुँवरले बताए ।

स्वास्थ्य कार्यालयका अनुसार कञ्चनपुरमा १८ देखि ४५ वर्षसम्म र यसअघि विभिन्न उमेर समूहमा खोप लगाउन छुटेका गरी २ लाख जनालाई खोप लगाउन बाँकी छ । कतिपय पहिलो डोज लगाएर दोस्रो डोज लगाउन छुटेका पनि छन् । ‘अब १८ वर्षमाथिका सबैलाई खोप लगाउने गरी आउँदै छ,’ कुँवरले भने, ‘यसअघि छुटेका र दोस्रो डोज नलगाएका सबैलाई खोप दिइनेछ ।’

हालसम्म जिल्लामा १ लाख १४ हजार ६६८ लाई पहिलो मात्रा र १ लाख ३४ हजार ६ सय ६३ लाई दोस्रो मात्रा खोप लगाइसकिएको छ । पहिलो मात्रा अन्यत्र लगाएर दोस्रो मात्रा यहाँ लगाएका कारण बढी देखिएको हो । स्वास्थ्य कार्यालयका अनुसार ४५ वर्षभन्दा माथिको उमेर समूह, सुरक्षाकर्मी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीलगायतलाई कोरोनाविरुद्धको खोप लगाइसकिएको छ ।

प्रकाशित : मंसिर ८, २०७८ १४:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?