३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

बैतडी कांग्रेस सभापतिमा चतुरबहादुर चन्द विजयी

तृप्ति शाही

बैतडी — बैतडी कांग्रेस सभापतिमा चतुरबहादुर चन्द विजयी भएका छन् । उनले ८०९ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिद्वन्दी शिवराज भट्टको ४८९ मत मात्र प्राप्त गरे ।

बैतडी कांग्रेस सभापतिमा चतुरबहादुर चन्द विजयी

एकजना उपसभापतिबाहेक पदाधिकारीमा अन्य पदमा पनि चन्द प्यानलकै उम्मेद्वार विजयी भएका छन् । उपसभापतिमा शिवराज भट्ट प्यानलका वीरबहादुर बिष्टबाहेक अरु सबै पदमा चन्द प्यानलका उम्मेद्वार विजयी भएका हुन् । बिष्टले ६५८ मत प्राप्त गरेर विजय भएका हुन् ।

उपसभापतिमा चन्द प्यानलका खगेन्द्रसिंह धामीले ६२४ मत प्राप्त गरेर विजय हासिल गरेका छन् । यस्तै सचिव पदमा चन्द प्यानलका प्रेमबहादुर चन्दले ६४० र देवराज जोशीले ६३३ विजयी भएका छन् । यस्तै सहसचिवमा पदमा चन्द प्यानलका दिपेन्द्रबहादुर चन्द ६६६ र दशरथसिंह चाड ६५४ मत ल्याएर विजयी भएका छन् ।

बैतडीमा १ हजार ४०९ जना प्रतिनिधि मध्ये १ हजार ३४८ मत खसेको थियो । बैतडीमा संस्थापन पक्षका एकजना उपसभापति बाहेक अरु सबै पदमा चन्द पक्षका उम्मेद्वार विजयी भएका छन् ।

प्रकाशित : मंसिर ८, २०७८ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?