७७ वर्षीया वृद्धाको हिरासतमै मृत्यु

वसन्तप्रताप सिंह

बझाङ — जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा एक वृद्धाको मृत्यु भएको छ । आत्महत्या दुरुत्साहन सम्बन्धी मु्दाको अनुसन्धानका लागि हिरासतमा रहेकी केदारस्युँ गाउँपालिका–२ की ७७ वर्षीया विष्णादेवी रावलको मृत्यु भएको हो ।

हिरासत कक्षमै बेहोस भएपछि उनको अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार एक्कासी बेहोस भएकी रावललाई जिल्ला अस्पताल सिमखेत पुर्‍याउँदा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख ज्ञानबहादुर बिष्टले जानकारी दिए ।

‘चिया खाँदै गर्दा एक्कासी बेहोस भएपछि तुरुन्तै अस्पताल पुर्‍याएका थियौं’ बिष्टले भने ‘अस्पताल पुर्‍याउने बित्तिकै मृत्यु भइसकेको रहेछ ।’

वृद्धा रावल र उनका छोरा जयबहादुर कर्तव्य ज्यान मुद्दामा १४ गते कात्तिकदेखि प्रहरी हिरासतमा थिए । कात्तिक ७ गते जयबहादुरकी पत्नी धौलिदेवी रावल झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । उनका माइती पक्षले आमाछोरा मिलेर हत्या गरेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।

प्रकाशित : मंसिर ४, २०७८ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?