बन्दका कारण कांग्रेसको पालिकास्तरीय चुनाव प्रभावित

मोहन बुडाऐर

धनगढी — नेक्रविक्रम चन्द समूहको बन्दको प्रभावले कैलालीका केही स्थानीय तहमा नेपाली कांग्रेसको अधिवेशन प्रभावित भएको छ ।

बन्दका कारण कांग्रेसको पालिकास्तरीय चुनाव प्रभावित

कांग्रेस कैलालीका प्रचार विभाग संयोजक नृप सुनारका अनुसार धनगढी उपमहानगरपालिका, भजनी, घोडाघोडी र गौरीगंगामा नगरपालिकास्तरको चुनावी अधिवेशन स्थगित भएको छ ।

‘उपमहानगरसहित चार नगरपालिकामा अधिवेशन सुरु भए पनि बन्दको प्रभाव परेकोले चुनाव स्थगित भएको हो’ प्रचार विभाग संयोजक सुनारले भने, ‘बन्दले गर्दा निर्वाचन प्रक्रियामा सबै मतदाता सहभागी हुन नसक्ने भएकाले स्थगित गरिएको हो ।’

उनका अनुसार निर्वाचन प्रक्रिया स्थगित भएका नगरपालिकामा मंसिर १ गते बुधबार बिहान ८ बजेबाटै निर्वाचन कार्यतालिका प्रारम्भ हुने छन् । बन्दको प्रभाव पर्न नसकेका मोहन्याल, कैलारी, चुरे, जानकी, जोशीपुर, लम्की चुहा, टीकापुर, गोदावरी नगरपालिका र बर्दगोरिया गाउँपालिकामा चुनावी कार्यतालिका अनुसार नेतृत्व छनोट प्रक्रिया प्रारम्भ भएको छ ।

यसअघि २७ गते कैलालीका १ सय २६ वडाको निर्वाचन सम्पन्न भइसकेको छ । जसमध्ये ९५ वडामा क्षेत्रीय प्रतिनिधि र वडा कार्यसमिति निर्विरोध निर्वाचित भए । कैलालीका ३१ वटा वडामा चुनाव भएको थियो ।

प्रकाशित : कार्तिक ३०, २०७८ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?