कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बैतडी डुंगा दुर्घटना : एक जनाको मृत्यु, एक बेपत्ता 

तृप्ति शाही

बैतडी — बैतडीको शिवनाथ गाउँपालिका—१ को नागार्जुनस्थित महाकालीमा डुंगा पल्टिँदा एक जनाको मृत्यु भएको छ । त्यस्तै एक जना बेपत्ता छन् ।

शिवनाथ—१ का चन्द्रसिंह साउदकी १२ वर्षकी छोरी मिना साउदको शव महाकालीको भारतर्फको किनारमा भेटिएको प्रहरीले बताएको छ । उनका छोरा ८ वर्षका सन्दिप बेपत्ता रहेका र उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

डुंगामा सवार चन्द्रसिंह, उनकी श्रीमती, १ बच्चा र ५ जना चालक भने सकुशल रहेका प्रहरी निरीक्षक खड्काले बताए । पानीको बहाव धेरै भएकोले ५ जना चालक डुंगामा रहेका बुझिएको उनले बताए । अहिले बेपत्ताको प्रहरी र स्थानीयद्वारा खोजी भइरहेको छ ।

रोजगारीका लागि भारतमा बसोबास गर्दै आएका चन्द्रसिंह ३ छोराछोरी र श्रीमतीसहित दशैं मनाउन नेपाल घर आएका थिए । डुंगामा सवार अन्य ८ जनाको भने उद्धार भएको प्रहरी निरीक्षक खड्काले बताए ।

प्रकाशित : कार्तिक ११, २०७८ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?