२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

सुदूरपश्चिममा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ३३ पुग्यो, २२ बेपत्ता

रासस

वैतडी — बैतडीसहित सुदूरपश्चिम प्रदेशमा बाढीपहिरो तथा प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ । गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको प्राकृति विपद्को घटनामा परी शुक्रबार बिहानसम्म यस प्रदेशमा ३३ जनाको मृत्यु भएको हो । 

सुदूरपश्चिममा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ३३ पुग्यो, २२ बेपत्ता

विपद्‌बाट सबैभन्दा बढी डोटीमा मानवीय क्षति भएको छ । जिल्लामा १६ जनाको मृत्यु भएको छ । बझाङमा ९, बैतडीमा ४, डडेलधुरामा ३ र कैलालीमा १ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

विपद्मा परी यस प्रदेशमा २२ जना बेपत्ता छन् । बझाङमा २० र बैतडी, कैलाली, १/१ बेपत्ता रहेका हुन् । यस्तै विपद्मा परी १७ जना घाइते छन् । डोटीमा ११, डडेलधुरामा २, बैतडीमा २ र बझाङ र बाजुरमा १/१ जना घाइते भएका हुन् ।

विपद्मा परी बाजुरा, डोटी, डडेल्धुरा, बझाङ, जिल्लामा गरी १०० बढी पशु चौपाया पनि मरेका छन् । पहिरोका कारण बझाङमा १२, डोटीमा ६ र डडेल्धुरामा २ गरी २० घरमा पूर्णरुपमा क्षति पुगेको छ ।

बाढीका कारण यहाँका २१६ घरधुरी डुबानमा परेकामा ४३० जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार गरेको जनाइएको छ । बाढी, पहिरोकै कारण सुदूरपश्चिम प्रदेशमा करोडौंको धनमालको क्षतिसमेत भएको प्रहरीले जनाएको छ । अहिले यहाँको जनजीवन सामान्य बन्दै गएको छ ।

प्रकाशित : कार्तिक ५, २०७८ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?