समयमै उपचार नपाउँदा बैतडीमा सुत्केरीको मृत्यु

तृप्ति शाही

बैतडी — बैतडीमा एक सुत्केरीको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउपालिका — ६ कि २१ वर्षीया पूजा थलालको समयमै उपचार नपाउँदा मृत्यु भएको छ । कात्तिक १ गते सुत्केरी बेथा लागेर गोकुलेश्वर अस्पताल गएकी उनको अवस्था सामान्य थियो ।

उपचारकै क्रममा प्रेसर बढेर र पिसाबमा प्रोटिन देखिएपछि स्वास्थ्य अवस्था जटिल बन्दै गएको डिलाशैनीका स्वास्थ्य संयोजक पुरुषोत्तम नाथले बताए । उनलाई थप उपचारको लागि अस्पतालबाट डडेलधुरा रेफर गरिएको थियो ।

सोही दिन राति अविरल वर्षाले बैतडी-डडेलधुरा सडक ठाउँ-ठाउँमा अवरुद्ध हुँदा उनलाई समयमै अस्पताल पुयाउन नसकेर बाटोमै मृत्यु भएको उनले बताए ।

प्रकाशित : कार्तिक ५, २०७८ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?