महाकालीको जलसतह घट्यो

भवानी भट्ट

कञ्चनपुर — वर्षा रोकिएपछि महाकाली नदीको जलसतह घट्दै गएको छ । बिहीबार बिहानको मापनअनुसार महाकालीमा पानीको बहाव १ लाख ५ हजार क्युसेक/प्रतिसेकेन्ड पुगेको छ । 

महाकालीको जलसतह घट्यो

‘बाढी निरन्तर घटने क्रम जारी छ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी उमाप्रसाद चतुर्वेदीले भने, ‘तटीय क्षेत्रको अवस्था पनि समान्य बन्दै गएको छ ।’ मंगलबार महाकालीमा पानीको बहाव हालसम्मकै उच्च ५ लाख ४७ हजार क्युसेक/प्रतिसेकेन्ड पुगेको थियो ।

महाकालीमा बाढी घटे पनि विस्थापित परिवाररू भने अझै घर फर्किन सकेका छैनन् । घरभित्र हिलो र पानी भएका कारण फर्किन नसकेको एसपी चतुर्वेदीले बताए ।

प्रकाशित : कार्तिक ४, २०७८ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?