१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

जंगली हात्तीको आक्रमणबाट एकै घरका २ को मृत्यु

कान्तिपुर संवाददाता

कञ्चनपुर — शुक्लाफाटा नगरपालिका-१२ बसन्तपुरमा जंगली हात्तीको आक्रमणबाट यहाँका दुई जनाको मृत्यु भएको छ ।

जंगली हात्तीको आक्रमणबाट एकै घरका २ को मृत्यु

सोही ठाउँमा बस्ने ५५ वर्षीय ध्वज बहादुर कार्की र उनी श्रीमती ४५ वर्षीया मथुरा कार्कीको जंगली हात्तीको आक्रमणबाट बुधबार बिहान मृत्यु भएको हो । स्थानीय डिलाशैनी सामुदायिक वनबाट आएका करिब १६ वटा जंगली हात्तीहरुको बथान गाउँमा पसेपछि घरबाट बाहिर निस्केर भाग्ने क्रममा हात्तीले लखेटी आक्रमण गर्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । शुक्लाफाटा, सौराहा, कोसी, बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र आसपासका बासिन्दाहरु हरेक वर्ष जंगली हात्तीको आक्रमणमा पर्ने गरेका छन् ।

प्रकाशित : कार्तिक ३, २०७८ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?