१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

डोटीमा मृत्यु हुनेको संख्या १३ पुग्यो, ५ सय विस्थापित

मोहन शाही

डोटी — डोटीमा पहिरोमा परी थप एक जनाको मृत्यु भएको छ । यससँगै जिल्लाभर मृत्यु हुनेको संख्या १३ पुगेको छ । यस्तै १ सय १० परिवारका ५ सय जना विस्थापित बनेका छन् । जिल्ला प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार सायल गाउँपालिका वडा नं ५ भालुमेलाका देव डुम्रेलको मृत्यु भएको छ । डुम्रेल बुधबार बिहान घरभित्रै पुरिएर मृत अवस्थामा फेला परेको प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए ।

डोटीमा मृत्यु हुनेको संख्या १३ पुग्यो, ५ सय विस्थापित

प्रहरीका अनुसार पहिरोमा परी १ सय १० परिवारका ५ सय मानिस विस्थापित भएका छन् भने ३५ चौपाया मरेका छन् । साथै २५ घाइते र २० बेपत्ता छन् । बाढीका कारण जिल्लामा २ वटा झोलुंगे पुलसमेत क्षतिग्रस्त भएका छन् ।

मृत्यु हुनेमा सायल गाउँपालिका ६ का ५८ वर्षीय लहरे लुहार, १४ वर्षीय सागर कुञ्जेडा र ११ वर्षीय आशीष कुञ्जेडाको छन् । यस्तै सायल गाउँपालिका वडा नं १ का ७४ वर्षीय वीरे रोकाया, सोही गाउँपालिका वडा नं ५ का ५८ वर्षीय हिरुवा लुहार, सायल गापा ५ भालुमेलाका ७५ वर्षीय देव डुम्रेलको मृत्यु भएको छ ।

जोरायल गाउँपालिका ३ नवलपुरका ६३ वर्षीय जोगी सार्की र ६१ वर्षीया झुपरी सार्कीको मृत्यु भएको छ । जोरायल गाउँपालिका ४ सैगडाका ४२ वर्षीय शेरबहादुर विक, १८ वर्षीय मोहन विक, १३ वर्षीया पवित्रा विकको मृत्यु भएको छ भने सोही गाउँपालिकाको वडा नं १ घण्टेश्वरखारका १६ वर्षीय रवीन विकको मृत्यु भएको छ । यस्तै शीखर नगरपालिका बारपाटाका ३६ वर्षीया मन्धरा बलायरको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक ३, २०७८ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?