कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पहुँच मार्ग भत्काएर बस्तीछेउ पुग्यो महाकाली बाढी

भवानी भट्ट

कञ्चनपुर — महाकाली नदीले ६ लेनको पहुँच मार्ग बगाएपछि बाढी गाउँ पस्ने जोखिम बढेको छ । सोमबार रातिदेखि कटान सुरु गरेको नदीले भीमदत्त नगरपालिका–१२ ऐरी नजिकै ६ लेनको सडक पूरै बगाएको हो । 

पहुँच मार्ग भत्काएर बस्तीछेउ पुग्यो महाकाली बाढी

बुधबार नदीको बहाव कम भए पनि कटान रोकिएको छैन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुधबार बिहान महाकालीको बहाव ३ लाख १२ हजार क्युसेक मापन गरिएको छ । मंगलबार दिउँसोको बहाव ५ लाख ४७ हजार क्युसेकसम्म थियो ।

सडक कटान गरेर नदी बस्तीमा पस्ने खतरा बढेपछि उक्त क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । सुरक्षाकर्मी र स्थानीय बासिन्दा मालसामान र गाईबस्तु सुरक्षित स्थानतर्फ सार्न खटिएका छन् ।

मंगलबार महाकालीको बाढी भुजेला खोला हुँदै बस्तीतर्फ लागेपछि सयौं परिवार विस्थापित भएका छन् । उनीहरू विद्यालयमा आश्रय लिइरहेका छन् । यसै गरी दोधारा चाँदनीतर्फ पनि दनीले ठाउँठाउँमा कटान गरिरहेको छ । उक्त क्षेत्रमा तारजालीमा ढुंगा भर्ने काम भइरहेको छ ।

प्रकाशित : कार्तिक ३, २०७८ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?