कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

कञ्चनपुरमा हात्तीको आक्रमणबाट दम्पतीको मृत्यु

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । वडा नं. १२ का ५५ वर्षीय ध्वजबहादुर कार्की र उनकी पत्नी ४५ वर्षीया मथुराको मंगलबार राति मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी उमाप्रसाद चतुर्वेदीका अनुसार राति सुतेका बेला हात्ती आएको हल्ला सुनेपछि कार्की बाहिर निस्केका थिए । आँगनमै रहेको हात्तीले उनीमाथि आक्रमण गरेको हो । उनलाई जोगाउन गएकी पत्नीलाई पनि हात्तीले आक्रमण गरेको एसपी चतुर्वेदीले बताए ।


प्रकाशित : कार्तिक ३, २०७८ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?