कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डोटीमा पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुग्यो

मोहन शाही

डोटी — डोटीमा पहिरोमा परी थप दुई जनाको मृत्यु भएको छ । सायल गाउँपालिका वडा नम्बर ५ गुरेनाडमरीका ५५ वर्षीय हिरूवा विकको मंगलबार बेलुका पहिरोमा पुरिएर मृत्यु भएको हो ।

स्थानीय बासिन्दा रेखा शर्माका अनुसार हिरुवाका छोरा रमेश विक र भतिजा भीम विक घाइते भएका छन् । छोरा रमेश भने गम्भीर घाइते रहेको बताइएको छ ।

त्यस्तै हिजो नै छत्रेश्वर खोलाले बगाउँदा बेपत्ता भएका सायल गाउँपालिका १ का ७४ वर्षीय बिरे रोके मृत फेला परेका छन् । उनी घरदेखि १०० मिटर तल फेला परेका थिए । योसँगै डोटीमा पहिरोमा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

त्यसैगरी आदर्श गाउँपालिको वडा नम्बर ६ बगिनागाउँका २५ घरमा पहिरोले क्षति पुर्‍याएको स्थानीय हर्क बोहराले जानकारी दिएका छन् । विस्थापितहरूले बबिना माविमा आश्रय लिएका छन् ।

प्रकाशित : कार्तिक ३, २०७८ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?