१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पहिरोले घर पुरिँदा डोटीमा दुई बालकको मृत्यु 

मोहन शाही

डोटी — पहिरोले घर पुरिँदा डोटीमा दुई जनाको मृत्यु भएको छ । सायल गाउँपालिकाको वडा नं. ६ अलेतवाडास्थित दिलबहादुर कुन्जेडाको घरमा सोमबार राति पहिरो खस्दा उनका १४ वर्षीय छोरा सागर र १० वर्षीय आशीषको मृत्यु भएको डोटीका प्रमुख जिल्ला अधिकारी शंकर विष्टले जानकारी दिए ।

राति अबिरल वर्षाका कारण माथिबाट आएको पहिरोले खाना खाएर सुतेका दिलबहादुरकी श्रीमती बासुदेवी, ७ वर्षीया छोरी बिन्द्रा, १४ वर्षीय छोरा सागर तथा १० वर्षीय आशीषलाई च्यापेको थियो । ३ जना बाँचे पनि दिलबहादुरका दुवै छोराहरूको भने घटनास्थलमै मृत्यु भएको थियो । उनीहरूको पोस्टमार्टम गरिसकिएको प्रजिअ विष्टले जानकारी दिएका छन् ।


प्रकाशित : कार्तिक २, २०७८ १५:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?