कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

बाढीले जयपृथ्वी राजमार्ग अवरुद्ध

रासस

बझाङ — अविरल वर्षासँगै आएको बाढीका कारण बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । केदारस्युँ गाउँपालिका–१ नारुगौडामा आएको बाढी र नयाँ सडकको माथिबाट पहिरो आएर सडक नै बगाएपछि राजमार्ग अवरुद्ध बनेको हो ।


अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहे पनि वर्षाका कारण नारुगौडामा पानीको बहाव नघटेका कारण राजमार्ग खुलाउने काम प्रभावित भएको प्रमुख जिल्ला अधिकारी मोहनराज अधिकारीले बताए ।

राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र बझाङबाट काठमाडौँ, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीलगायत स्थानका लागि छुटेका सवारी साधन र यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् ।

प्रकाशित : कार्तिक १, २०७८ २१:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?