२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

वडाध्यक्षले बाँडे २ वर्षको तलब वृद्धवृद्धा र असहायलाई

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का वडाध्यक्षले आफ्नो २ वर्षको तलबभत्ता वृद्धवृद्धा र असहायलाई वितरण गरेका छन् ।

वडाध्यक्षले बाँडे २ वर्षको तलब वृद्धवृद्धा र असहायलाई

वडाध्यक्ष आशिफ कुंवर (भुन्टु)ले यसै साता आफ्नो वडाभित्रका सबै वृद्धवृद्धा र अपांगता भएकाहरुलाई वडा कार्यालयबाटै तलब वापतको ३ लाख ९२ हजार रुपैयाँ वितरण गरेका हुन् ।

यस्तै ७० वर्ष पूरा भएर पनि नागरिकताका आधारमा सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित रहेकाहरुलाई पनि वडाध्यक्ष कुंवरले आर्थिक सहयोग गरेका हुन् ।

नागरिकतामा ७० वर्ष नपुगेका तर वास्तविक उमेर ७० पूरा भएका १५ जनालाई १५ सयका दरले र सामाजिक सुरक्षा भत्ता बुझ्ने १ सय २७ जनालाई ३ हजारका दरले दसैंको अवसरमा सोमबार रकम वितरण गरेका हुन् । यस्तै पूर्ण अपांग भएका २४ र दृष्टिविहीन २ गरी २६ जनालाई दुई/दुई हजार रकम वितरण गरेका हुन् ।

अध्यक्ष कुंवरले स्थानीय तहको निर्वाचका बेला मत माग्दा गरेको प्रतिवद्धता अनुसार नै तलब भत्ता वितरण गरेको बताएका छन् ।

उनले यसअघि पनि वृद्धवृद्धा र अपांगता भएकाहरुलाई आफ्नो तलब वितरण गरेका थिए । तर पछिल्लो पटक कोरोना संक्रमणका कारण दुई वर्षदेखि वितरण हुन नसकेको रकम अहिले एकैपटक वितरण गरिएको उनले बताए ।

प्रकाशित : आश्विन २९, २०७८ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?