२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

वैतडीमा ट्र्याक्टर दुर्घटना हुँदा १ को मृत्यु, १ घाइते

तृप्ति शाही

बैतडी — बैतडीमा ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु भएको छ । एक घाइते छन् । मृत्यु हुनेमा डिलाशैनी गाउँपालिका- ३ पंसेरा निवासी २३ वर्षका योगेश पाल छन् । 

वैतडीमा ट्र्याक्टर दुर्घटना हुँदा १ को मृत्यु, १ घाइते

गोकुलेश्वरबाट सद्बाजतर्फ आइरहेको ट्र्याक्टर मंगलबार राति करिब १२ बजे दोगडाकेदार गाउँपालिका-३ तारनमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते पालको उपचारका क्रममा जिल्ला अस्पताल बैतडीमा मृत्यु भएको हो ।

ट्र्याक्टर चालक पाल नै थिए । ट्याक्टरमा रहेको सोही स्थानका २० वर्षीय रुपेश कोली घाइते भएको जिल्ला प्रहरी प्रवक्ता दर्शन खड्काले बताए ।

प्रकाशित : आश्विन २७, २०७८ ०६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?