कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

विद्यालयहरूमा घट्यो दसैं बिदा

तृप्ति शाही

बैतडी — अघिल्ला वर्षहरूमा दसैं र तिहारको समयभरि विद्यालय बन्द हुन्थे । दसैं आउन केही समय अघिबाटै बन्द हुने विद्यालयहरू तिहार सकिएपछि मात्र संञ्चालनमा आउँथे । पहाडी जिल्ला बैतडीमा पनि शिक्षक र विद्यार्थीहरू एक महिनाबढि दसैंको बिदा पाउथे ।

विद्यालयहरूमा घट्यो दसैं बिदा

यो वर्ष भने बैतडीका स्थानीय तहहरूले दसैको बिदा घटाएका छन् । महिनाभरि बन्द हुने विद्यालयलाई पालिकाले २ हप्ता भन्दा बढि बिदा दिएका छैनन् । कुनै पालिकाले ६ दिन मात्र दसैको बिदा दिएका छन् । कोरोनाको कारण लामो समयसम्म विद्यालय बन्द रहेकोले विद्यार्थीहरूको पढाइ चौपट भएको भन्दै स्थानीय तहले बिदा घटाएको बताएका छन् । कोरोनाका कारण लामो समयदेखि बन्द विद्यालयहरू भर्खर खुलेकाले दसैंको समयमा कम बिदा दिने विद्यालयहरूले तयारी गरेका हुन् ।

बैतडीका ४ नगरपालिका र ६ वटा गाउॅपालिकाले सूचना प्रकाशित गर्दै बिदा कम भएको जनाएका छन् । जिल्लाको डिलाशैनी गाउँपालिकाले दसैंको समयमा ६ दिन मात्रै विद्यालय बन्द रहने उल्लेख गरिसकेको छ । असोज २६ देखि असोज ३१ सम्म मात्रै विद्यालय बन्द हुने गाउँपालिकाले जनाएको छ ।

यस्त,ै दोगडाकेदार गाउँपालिकाले पनि दसैंमा ६ दिनमात्रै विद्यालय बन्द रहने जनाएको छ । असोज २६ गतेदेखि असोज ३१ गतेसम्म मात्रै विद्यालय बन्द रहने र कार्तिक एक गतेबाट नियमित रूपमा पठनपाठन कार्य सञ्चालन हुने पालिकाले जनाएको छ । यस्तै जिल्लाको सुर्नया गाउॅपालिकाले पनि दसैंको समयमा ८ दिन मात्रै बिदा दिने भएको छ ।

दशरथचन्द नगरपालिकाले पनि दसैं अवसरमा ११ दिन मात्र विद्यालय बन्दा हुने जनाएको छ । सिगास गाउॅपालिकाले पनि ११ दिननै विद्यालय बन्द रहेने बताएको छ । पाटन नगरपालिकाले पनि ११ दिनको लागि मात्र दसैंको समयमा विद्यालय बन्द रहने बताएको छ । जिल्लाको मेलौली नगरपालिकाले दसैंको समयमा घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म मात्रै विद्यालय बन्द रहने जनाएको छ । अरू वर्ष दसैंदेखि तिहारसम्म लगातार विद्यालय बन्द हुने गरेकोमा यो बर्ष दसैं बिदा घटाइएको नगरपालिकाले जनाएको छ ।

जिल्लाका अन्य स्थानीय तहले पनि बिदा घटाएका छन् । महिना भन्दा बढि दसैं बिदा हुने विद्यालयहरू यो वर्ष २ हप्ता पनि बन्द हुने छैनन् । शिक्षा क्षेत्रमा कोरोनाको धेरै असर परेकोले यो वर्ष दसैको बिदा घटाइएको नगरपालिकाका शिक्षा शाखा प्रमुख मोहन नाथले बताए । विद्यार्थीको पढाइप्रति संवेदनशील भएर पालिकाहरूले यस्तो निर्णय गरेका उनले बताए ।

प्रकाशित : आश्विन २१, २०७८ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?