२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

अग्रज पत्रकार चन्द रहेनन्

भवानी भट्ट

कञ्चनपुर — सुदूरपश्चिम क्षेत्रकै अग्रज पत्रकार रामबहादुर चन्दको निधन भएको छ । बुधबार ९५ वर्षको उमेरमा काठमाडौंमा उनको निधन भएको हो ।

अग्रज पत्रकार चन्द रहेनन्

चन्दका ज्वाँई सुभास सिंहका अनुसार बुधबार बिहान उनको निधन भएको हो । नेपाल पत्रकार महासंघ कञ्चनपुरका संस्थापक अध्यक्षसमेत रहेका चन्द यस क्षेत्रकै पुराना पत्रकार हुन् । उनले प्रेस काउन्सिल नेपालबाट प्रेस सतन्त्रता सेनानीको सम्मानसमेत पाएका थिए ।

उनले कञ्चनपुरमा तीसको दशकको अन्त्यदेखि नै वार्ता साप्ताहिक पत्रिका सञ्चालन गरेका थिए । त्यसपछि पनि उनले विभिन्न पत्रपत्रिकाहरु सञ्चालन गरेका छन् । पछिल्लो समय उनी काठमाण्डौंमा छोरीसँगै बस्दै आएका थिए ।

सिंहका अनुसार चन्दको स्वास्थ्यमा दुई दिनदेखि समस्या देखिएको थियो । अस्पतालमा सामान्य उपचारपछि घरमै आराम गरिरहेका थिए । बुधबार अचानक मृत्यु भएको हो । चन्दका दुई छोरी र श्रीमती छन् ।


प्रकाशित : आश्विन २०, २०७८ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?