१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बझाङमा नयाँ निर्वाचन अधिकृत

वसन्तप्रताप सिंह

बझाङ — कांग्रेस बझाङको जिल्ला अधिवेशनमा मतदानकै दिन निर्वाचन अधिकृत हराएपछि रोकिएको प्रक्रिया अघि बढ्ने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले नयाँ निर्वाचन अधिकृत खटाएपछि निर्वाचन प्रक्रिया अघि बढाउने सहमति भएको हो ।

बझाङमा नयाँ निर्वाचन अधिकृत

नयाँ निर्वाचन अधिकृतका रूपमा सोमबार बझाङ आइपुगेका उज्वलराज श्रेष्ठले जिल्लाका नेताहरूसँग छलफल गरेपछि २१ गते मतदान गर्ने सहमति जुटेको जिल्ला निर्वाचन समितिका सदस्य रमानन्द जोशीले बताए । पूर्वमन्त्री, सभासदलगायत उम्मेदवारहरूबीच यसअघिका घटना बिर्सेर अधिवेशन सम्पन्न गर्ने सहमति जुटेको हो 

आइतबार मतदान हुने समयमा निर्वाचन अधिकृत चेतराज भट्ट सम्पर्कविहीन भएपछि कांग्रेस बझाङको जिल्ला अधिवेशन रोकिएको थियो । भट्टले आफूलाई कांग्रेसका कार्यकर्ताले नै अपहरण गरेर अत्तरिया पुर्‍याएको बताएका छन् । कांग्रेसका पूर्वजिल्ला सभापति सत्यराज भण्डारीले भने भट्टले अपहरणको नाटक गरेर कांग्रेसको बेइज्जत गरेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै भण्डारीले भट्ट आर्थिक प्रलोभनमा परेर वा कुनै शक्तिशाली नेताको कुरा काट्न नसकेर भागेको हुन सक्ने बताए ।

प्रकाशित : आश्विन १९, २०७८ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?