बैतडी कारागारमा तेब्बर कैदीबन्दी

कान्तिपुर संवाददाता

बैतडी — जिल्ला कारागार बैतडीमा क्षमताभन्दा तेब्बर कैदीबन्दी छन् । २५ जनाको क्षमता भएको कारागारमा अहिले ७५ कैदीबन्दी राखिएका छन् ।

जिल्ला कारागार बैतडीका जेलर अनिल तिवारीका अनुसार कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या भएको छ ।

कारागार परिसरमा दुईवटा टेन्ट राखिएका छन् । कोठाहरूमा पनि खाटमाथि खाट राखेर बसोबासको व्यवस्था मिलाइएको छ । कैदीबन्दीहरूलाई बसोबासको समस्या भएपछि कारागार परिसरमा टेन्ट राखेर बसोबासको व्यवस्था मिलाएको जेलर तिवारीले बताए ।

पुरानो भवन पनि जीर्ण भइसकेकाले कैदीबन्दीहरूलाई बसोबासका लागि निकै समस्या भएको हो । जिल्ला कारागारमा महिला कैदीबन्दी आएमा डडेलधुरा पठाउनुपर्ने बाध्यता छ ।

प्रकाशित : आश्विन ११, २०७८ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?