बाढीपहिरोले जनजीवन प्रभावित

मनोज बडू

दार्चुला — भदौ १३ गतेको भारी वर्षाका कारण प्रभावित क्षेत्रको जनजीवन अझै सहज हुन सकेको छैन । अपि हिमाल गाउँपालिका–६ का चौकबगर र सल्ला बस्ती बाढी र पहिरोले आसपासका बस्तीसँग सम्पर्कविहीन हुन पुगेको छ । बाढीले चौकबगर खोलाको झोलुंगे पुल बगाउँदा ती बस्तीमा आउजाउमा समस्या भएको हो । 

बाढीपहिरोले जनजीवन प्रभावित

अपि हिमाल गाउँपालिका–६ को रिगुर खोलामा आएको बाढीले ककनाडी र चौकी बगरको पुल बगाएको स्थानीय डब्बलसिंह धामीले बताए । बाढीले यहाँका फुटपैरा, चौकबगर, ककनाडी, सल्ला बस्ती जोखिममा छन् । चौकबगर र सल्ला बस्तीका स्थानीयको दुईवटै ठाउँमा खेतबारी र बसाइ रहेकाले आवतजावत गर्ने बाटो बन्द छ ।

धामीका अनुसार सल्ला बसाइ रहेकाले बढीजसो कमाइ खाने खेत चौकबगरमा छ । बाढीले पुल बगाउँदा खेतीबारीको रेखदेख गर्न जानलाई ठूलो पहाड चढेर जानुपर्ने बाध्यता छ । पुल हुँदा चौकबगर र सल्ला बस्ती आवतजावतमा १० मिनेट लाग्थ्यो भने अहिले आफ्नै खेतबारीमा जान तीन घण्टा लाग्ने गरेको उनको भनाइ छ ।

बाढीले चौकबगरमा ३५ परिवारको खेत खोलाको बाढीले क्षति गरेको छ । बचेको जमिनमा खेती हेर्न पनि तीन घण्टा बढी लगाएर जानुपरेको स्थानीय राजेन्द्रसिंह धामीले बताए । एक बस्तीबाट अर्को बस्तीमा जान अहिले मार्मा गाउँपालिका–१ को हार्ड डाँडा कटाएर जानुपर्छ । दुईवटा झोलुंगे पुल बगाउँदा गाउँबाट बाहिर जान सकिने अवस्था नरहेको उनले बताए ।

प्रकाशित : आश्विन ९, २०७८ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?