सुदूरपश्चिमका योजना आयोगका उपाध्यक्ष साउदले दिए राजीनामा- सुदूरपश्चिम - कान्तिपुर समाचार

सुदूरपश्चिमका योजना आयोगका उपाध्यक्ष साउदले दिए राजीनामा

अर्जुन शाह

धनगढी — नीति तथा योजना आयोगका उपाध्यक्ष केशरबहादुर साउदले शुक्रबार पदबाट राजीनामा दिएका छन् । हाल काठमाडौंमा रहेका साउदले मुख्यमन्त्री समक्ष राजीनामा पत्र पठाएको मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवरले बताए ।

साउद एमाले कोटाबाट उपाध्यक्षमा नियुक्त भएका थिए । नेकपा एमालेको विभाजनपश्चात आफू एमालेमै रहेको उल्लेख गर्दै नैतिकताका आधारमा राजीनामा दिएको उल्लेख गरेका छन् । हाल सुदूरपश्चिममा माओवादी केन्द्रको नेतृत्वमा नेकपा (एस) सहितको संयुक्त सरकार छ ।

प्रदेश सरकारले गत वर्षको पुस १३ गते आयोगमा उपाध्यक्ष साउद र एक जना सदस्य नियुक्त गरेको थियो । प्रदेश सरकार स्थापना भएको करिब तीन वर्षपछि गठन नीति तथा योजना आयोगले अहिले पनि गति लिन सकेको छैन ।

प्रकाशित : आश्विन ८, २०७८ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्

विधान महाधिवेशनमा पेस हुने मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न एमालेले बनायो १० समूह

कान्तिपुर संवाददाता

काठमाडौँ — एमालेले विधान राष्ट्रिय महाधिवेशनमा पेस गरिने तीन प्रतिवेदन मस्यौदामाथि छलफल गर्न १० समूह निर्माण गरेको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनमा पेस गरिने तीन प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह निर्माण गरेको पार्टीका प्रचार विभाग प्रमसख योगेशकुमार भट्टराईले जानकारी दिए ।

उनका अनुसार अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठकमा प्रस्तुत तीन प्रतिवेदन (राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्तावसम्बन्धी मस्यौदा, विधान संशोधनसम्बन्धी प्रस्ताव) सहित सुझावहरु केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिएको छ ।

प्रतिवेदनमाथि छलफल गर्नका निम्ति १० वटा विभिन्न समूहमध्ये ७ वटा प्रदेशस्तरीय भौगोलिक समूह, जनसंगठनलाई हेर्न पार्टीका इन्चार्जहरुको एक समूह, विभागीय प्रमुखहरुको समूह र प्रदेशमा सम्पर्क कमिटीहरु, उपत्यका विशेष कमिटीलगायतका समूहहरुलाई हेर्न अर्को समूह निर्माण गरेको उनले बताए । प्रतिवेदनमाथि विभिन्न समूहहरुले शनिबार १ बजेसम्म अध्ययन गर्ने र १ बजे नै बोलाइएको केन्द्रीय कमिटी बैठकमा सुझाव राख्ने कार्यसूची रहेको भट्टराईले बताए ।

भट्टराईले सुझावका आधारमा दस्तावेजहरुलाई आवश्यक परिमार्जन गर्ने र असोजको १५ गतेदेखि सुरु हुने विधान महाधिवेशनमा प्रस्तुत गर्ने बताए ।


प्रकाशित : आश्विन ८, २०७८ १७:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×