१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

खप्तड निकुञ्जबाट दुई सिकारी पक्राउ

वसन्तप्रताप सिंह

बझाङ — खप्तड राष्ट्रिय निकुञ्जभित्र चोरी सिकारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन् ।

खप्तड निकुञ्जबाट दुई सिकारी पक्राउ

पक्राउ पर्नेहरूमा बझाङको खप्तड छान्ना गाउँपालिका वडा नं–१ का ५९ वर्षीय दिलबहादुर जेठारा र ३५ वर्षीय वीरेन्द्रबहादुर कार्की रहेका छन् । उनीहरुलाई निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना तथा निकुञ्जका कर्मचारीको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूबाट एक थान भरुवा बन्दुक, बन्दुकमा लाग्ने पाँच थान गोली, बारुद दुई डिब्बा तथा बन्दुकको केप एक डिब्बा बरामद गरेको खप्तड राष्ट्रिय निकुञ्जका खरिदार बर्क सुनारले जानकारी दिए । उनीहरूलाई खप्तड राष्ट्रिय निकुञ्जको पौवागढी भन्ने ठाउँबाट पक्राउ गरिएको हो । पक्राउ परेकाको बयान लिने काम भइरहेको बताउँदै उनले आवश्यक कानुनी कारबाहीका लागि जिल्ला न्यायधिवक्ताको कार्यालयमार्फत अभियोग दर्ता गरिने उनले बताए ।

प्रकाशित : आश्विन ७, २०७८ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?