बैतडीमा व्यापारी मृत्यु प्रकरण : ५ जना प्रहरीको नियन्त्रणमा- सुदूरपश्चिम - कान्तिपुर समाचार

बैतडीमा व्यापारी मृत्यु प्रकरण : ५ जना प्रहरीको नियन्त्रणमा

तृप्ति शाही

बैतडी — बैतडीका व्यापारीको मृत्यु प्रकरणमा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ ।  सुर्नया गाउँपालिका–४  शनसेरीमाण्डौका ५६ वर्षका कमलसिंह महरा बुधबार बिहान मृत भेटिएका थिए । अनुसन्धानका लागि पुगेको प्रहरी टोलीले हत्या आशंकामा ५ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरुको परिचय भने खुलाएको छैन । घटनाको अनुसन्धान भइरहेको र सोधपुछका लागि ५ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

मृतक महराको शरीर, टाउको र छातीमा गम्भीर चोट रहेकाले उनको हत्या भएको आशंका गरिएको छ । महरा मासु पसल सञ्चालन गर्दै आएका थिए ।


प्रकाशित : आश्विन ७, २०७८ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्

२४ घण्टामा नेपालमा ९ सय ४१ मा कोरोना पुष्टि, १ हजार ३२४ संक्रमणमुक्त, १३ जनाको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ९ सय ४१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ६२९ पीसीआर परीक्षणमा बिहीबार थप ९ हजार ४१ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ८८ हजार ७६९ पुगेको छ ।

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ६२४ परीक्षणबाट २९८ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १५ हजार २४३ परीक्षणमा १ हजार २३९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ३२४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ५६ हजार ९५४ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ७२ पुगेको छ ।

हालसम्म देशभर ४१ लाख ३६ हजार २०८ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा २४६ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या २० हजार ७४३ रहेको छ ।



प्रकाशित : आश्विन ७, २०७८ १६:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×