बैतडी जिल्ला कारागारमा तेब्बर कैदीबन्दी- सुदूरपश्चिम - कान्तिपुर समाचार

बैतडी जिल्ला कारागारमा तेब्बर कैदीबन्दी

कान्तिपुर संवाददाता

बैतडी — जिल्ला कारागार बैतडीमा क्षमताभन्दा तेब्बर कैदीबन्दी छन् । २५ जनाको क्षमता भएको कारागारमा अहिले ७५ कैदीबन्दी राखिएका छन् ।

जिल्ला कारागार बैतडीका जेलर अनिल तिवारीका अनुसार कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या भएको छ ।

कारागार परिसरमा दुईवटा टेन्ट राखिएका छन् । कोठाहरूमा पनि खाटमाथि खाट राखेर बसोबासको व्यवस्था मिलाइएको छ । कैदीबन्दीहरूलाई बसोबासको समस्या भएपछि कारागार परिसरमा टेन्ट राखेर बसोबासको व्यवस्था मिलाएको जेलर तिवारीले बताए ।

पुरानो भवन पनि जीर्ण भइसकेकाले कैदीबन्दीहरूलाई बसोबासका लागि निकै समस्या भएको हो । जिल्ला कारागारमा महिला कैदीबन्दी आएमा डडेलधुरा पठाउनुपर्ने बाध्यता छ ।

प्रकाशित : आश्विन ६, २०७८ २०:०६
प्रतिक्रिया
पठाउनुहोस्

सुनारको मुद्दामा थुनछेक बहस : अदालतले घरबेटीसँग माग्यो एक लाख १५ हजार धरौटी 

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौंकी घरबेटी सरस्वती प्रधानलाई काठमाडौं जिल्ला अदालतले धरौटी मागेको छ । सञ्चारकर्मी रुपा सुनारमाथि जातीय विभेद गरेको मुद्दामा घरबेटी प्रधानलाई अदालतले एक लाख १५ हजार रुपैयाँ धरौटी माग गरेको छ ।

बुधबार मुद्दाको थुनछेक बहसपछि न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले घरबेटी प्रधानलाई एक लाख १५ हजार रुपैयाँ धरौटी तिर्न आदेश दिएको अधिवक्ता माेहन शाशंकरले जानकारी दिए ।उनकाअनुसार यो धरौटी रकम छुवाछूत मुद्दामा अहिलेसम्मकै धेरै हो ।

तनहुँकी रुपा काठमाडौंको बबरमहलकी प्रधानको घरमा १ असारमा कोठा खोज्न गएकी थिइन् । त्यसक्रममा आफू कामीको छोरी भएको थाह पाएपछि घरबेटी प्रधानले कोठा दिन अस्वीकार गरेकी थिइन् । रुपाको जाहेरीमा काठमाडौं सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।

३ असारमा रुपाले महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएकी थिइन् । ६ असारमा पक्राउ परेकी घरबेटीलाई ९ असारमा तत्कालीन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रहरी कार्यालयमै पुगेर घरबेटी प्रधानलाई रिहा गराएका थिए ।

यो पनि


प्रकाशित : आश्विन ६, २०७८ १९:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×