१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

चोरी मुद्दाका फरार कसुरदार ३८ वर्षपछि पक्राउ

भवानी भट्ट

कञ्चनपुर — चोरी मुद्दामा फरार रहेका कसुरदार ३८ वर्षपछि पक्राउ परेका छन् । जिल्लाको दक्षिणी क्षेत्र बेलौरीमा रहेको लारा डिष्टलरीबाट संकलन भएको अन्तशुल्कको ४५९ रुपैयाँ चोरी गर्ने साविकको लक्ष्मीपुर गाविस ८ का जगत‍बहादुर बुढाथोकीलाई मंगलबार पक्राउ गरी जिल्ला अदालतमा बुझाएको हो । 


डिष्टलरीका कर्मचारी रामजन सहनी समेतका कर्मचारीहरु २०४० मा पुनर्वासमा रहेको राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्न जाने क्रममा बन्चरो, काठको चिर्पट र बन्दुक लगायतका हतियार लिएर बसेका बुढाथोकीले सहनीलाई कुटपिट गरी रकम लुटेको प्रहरीले जनाएको छ । जिल्ला अदालत कञ्चनपुरले २०४२ वैशाखमा ३ वर्ष १ महिना कैद सजाय तोकेको थियो ।

यसैबीच प्रहरीले हातहतियार कसुरका फरार २ जनालाई मंगलबार पक्राउ गरेको छ । जिल्ला अदालत कञ्चनपुरले ३ वर्ष कैद र ३० हजार जरिवाना तोकको शुक्लाफाँटा नगरपालिका ९ का २४ वर्षीय बर्खे चौधरी र २ वर्ष कैद तथा २० हजार जरिवाना तोकेका कृष्णपुर नगरपालिका ३ का गोपाल सुनारलाई आफ्नै घरबाट पक्राउ गरी अदालत बुझाएको हो ।


प्रकाशित : आश्विन ५, २०७८ २१:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?