कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

सुदूरपश्चिममा दुई मन्त्री नियुक्त

अर्जुन शाह

धनगढी — सुदूरपश्चिममा नेकपा (एकीकृत समाजवादी) का सांसदहरु तारा लामा तामाङ आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका छन् भने सोही मन्त्रालयको राज्यमन्त्रीमा माया तामाङ बोहरा नियुक्त भएकी छिन् ।

सुदूरपश्चिममा दुई मन्त्री नियुक्त

दुवै जनालाई बिहीबार मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री र राज्यमन्त्री पदमा नियुक्त गरेका हुन् । उनीहरुलाई साँझ प्रदेश प्रमुख गंगाप्रसाद यादवले पद तथा गोपनीयताको शपथ गराएका हुन् । राज्यमन्त्री बोहरालाई भने मुख्यमन्त्री भट्टले शपथ गराएको छन् ।

नेकपा एमाले विभाजन हुनुअघि तारा लामा तामाङ माधव नेपाल समूहमै थिए । राज्यमन्त्री नियुक्त बोहरा भने सुरुदेखि नै केपी ओली समूहमा थिइन् । नकेपा (एस) गठन हुने बेला अन्तिम समयमा बोहराले पनि एमाले छाडेकी थिइन् ।

त्यसअघि आर्थिक मामिला तथा योजनामन्त्री रहेका एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले एमालेमै रहने निर्णय गरेपछि पदबाट राजीनामा दिएका थिए ।

सुदूरपश्चिममा हाल नेकपा माओवादी केन्द्रको नेतृत्वमा नेकपा (एस) सहितको सुंयुक्त सरकार छ । ५२ जना कुल सदस्य रहेको प्रदेशसभामा सरकार गठनका लागि २७ जनाको आवश्यकता पर्दछ । उक्त संख्या नेकपा (एस) का १४ जना माओवादी केन्द्रका १३ जना भएकाले पुग्छ ।

प्रकाशित : आश्विन १, २०७८ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?