कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

भाइरल ज्वरोका बिरामी बढ्दै

दार्चुला — जिल्ला अस्पताल दार्चुलामा ज्वरो र रुघाखोकीका बिरामी बढेका छन् । अस्पतालमा भाइरलजस्तै उच्च ज्वरो र रुघाखोकीका बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।

भाइरल ज्वरोका बिरामी बढ्दै

केही दिनयता उपचारका लागि अस्पताल आउनेमा भाइरल ज्वरोका बिरामी बढेको अस्पतालका सूचना अधिकारी डम्मरदत्त भट्टले बताए । एक सातादेखि अस्पतालमा ज्वरो, रुघाखोकीलगायत भाइरलका बिरामीको संख्या बढेको छ । यसबाट विशेषगरी बालबालिका तथा महिला बढी प्रभावित भएको उनको भनाइ छ ।

अहिले जिल्ला अस्पताल र ग्रामीण भेगका स्वास्थ्य केन्द्रहरूमा पनि बिरामीको भीड लागेको स्वास्थ्यकर्मी बताउँछन् । ग्रामीण क्षेत्रबाट अहिले दैनिकजसो टाउको दुख्ने, ज्वरो आउने बिरामी अस्पतालमा पछिल्लो समयमा आइरहेका छन् । अहिले दैनिक एक सयभन्दा बढी बिरामी ओपीडीमा पुगेका हुन्छन् । तीमध्ये भाइरल ज्वरोका ८० जनाभन्दा बढी संख्यामा बिरामी उपचारका लागि आउने गरेका भट्टले जानकारी दिए । अस्पतालमा उपचारका लागि भर्ना भएकामध्ये आधाभन्दा बढी ५/७ दिनभित्र निको हुने र कसैलाई साता दिनभन्दा बढी सताउने गरेको अस्पतालका चिकित्सकहरूले बताएका छन् । निमोनियाबाट भने बालबालिकाहरू बढी प्रभावित भएको अस्पतालले जनाएको छ । मौसम परिवर्तन, दूषित पानी र खानपिनमा सतर्कता नअपनाउदा भाइरल ज्वरोका बिरामी बढेको अनुमान अस्पतालको छ ।

६ बालबालिकामा एन्टिजेन पोजिटिभ

दार्चुलामा बालबालिकामा पनि कोरोना संक्रमण देखिन थालेको छ । पछिल्लो एक साताभित्र जिल्ला अस्पतालमा ६ बालबालिकामा एन्टिजेन पोजिटिभ आएको अस्पतालले जनाएको छ । जिल्ला अस्पतालका ल्याब असिस्टेन्ट दीपक विष्टका अनुसार बिहीबार दुई बालबालिकामा एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ । यसअघि चार जना बालबालिकामा एन्टिजेन परीक्षणमा पोजिटिभ देखिएको थियो ।

६ जना एन्टिजेन पोजेटिभमध्ये दुईलाई उपचारका लागि जिल्लाबाहिर रिफर गरिएको उनले बताए । एन्टिजेनमा पोजिटिभ देखिएका डेढ वर्षदेखि ११ वर्षमुनिका छन् । जिल्लामा बालबालिकामा कोरोनाको लक्षण देखिएको यो पहिलो घटना हो । उनीहरूमा कोरोनासॅग मिल्दोजुल्दा लक्षण देखिएपछि एन्टिजेन परीक्षण गरिएको थियो ।


प्रकाशित : आश्विन १, २०७८ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?