कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

गुडिरहेको बसमा ढुंगा खस्दा यात्रुको मृत्यु

तृप्ति शाही

बैतडी — बैतडीमा गुडिरहेको बसमा सडकमाथिबाट ढुंगा खस्दा एक यात्रुको मृत्यु भएको छ । पाटन नगरपालिका–८ झौलेकमा मंगलबार बिहान गुडिरहेको बसमा ढुंगा खसेको हो । 

मृत्यु हुनेमा बझाङको थलारा गाउँपालिका–५ का १८ वर्षीय अर्जुन नेपाली छन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । महेन्द्रनगरबाट बझाङका लागि छुटेको सु.प.प्र.०२००१ ख ११५६ नम्बरको बसमा ढुंगा खसेको उनले जानकारी दिए ।

ढुंगा लागेर अन्य तीन जना घाइते भएको र उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र २९, २०७८ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?