कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

भागरथीको सम्झनामा अक्षय कोष

बैतडी — बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको सम्झनामा अक्षय कोष स्थापना गरिएको छ । निजामती कर्मचारी मिलन केन्द्र बैतडीमार्फत जिल्लामा कार्यरत सरकारी कर्मचारीहरूले भागरथीको परिवारलाई सहयोग गर्ने उद्देश्यले रकम संकलन गरेका थिए । उनीहरूले संकलन गरेको १ लाख २० हजार रकम मंगलवार हस्तान्तरण गरिएका हो । 

भागरथीको सम्झनामा अक्षय कोष

१८ औं निजामती सेवा दिवसका अवसरमा निजामती कर्मचारी परिवार बैतडीले आयोजना गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले भागरथी पढेको २ विद्यालयमा ६०/६० हजारको अक्षय कोष स्थापनाको घोषणा गरेका हुन् । कक्षा १ देखि १० सम्म अध्ययन गरेको दोगडाकेदार गाउॅपालिका–७ को भूमिराज मावि र कक्षा १२ मा अध्ययन गर्दै आइरहेको दोगडाकेदार गाउॅपालिका–३ मा रहेको सनातन धर्म माविमा कोष स्थापना गरिएको छ । कोषको विधान निर्माण गरेर विद्यालयमा अध्ययनरत गरिब, दलित र जेहेन्दार विद्यार्थीहरूलाई प्रत्येक वर्ष छात्रवृत्ति प्रदान गरिने उनले बताए ।

दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी सनातन धर्म माविमा कक्षा १२ मा पढ्थिन् । गत वर्ष माघ २२ गते घरबाट १ घण्टाको पैदल दूरीमा रहेको विद्यालय गएकी उनी साँझदेखि बेपत्ता भएकी थिइन् । माघ २३ गते उनको शव चडेपानीकै खोचलेक–चडेपानी ग्रामीण सडकको लबलेक जंगलमा फेला परेको थियो ।

प्रकाशित : भाद्र २३, २०७८ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?