मलामी गएका युवक खोलामा बेपत्ता

तृप्ति शाही

बैतडी — बैतडीमा मलामी गएका युवक खोलाले बगाएर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सिगास गाउँपालिका —५ का २२ वर्षीय प्रकाश धामी रहेका छन् ।

आइतबार बिहान कुडे खोलामा आफन्तको मलामी गएका उनलाई खोलाले बगाएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले बताए । उनको खोजी कार्य जारी रहेको उनले बताए ।

प्रकाशित : भाद्र १३, २०७८ १४:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?