१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

दार्चुला पुग्यो छानबिन टोली 

मनोज बडू

दार्चुला — ब्यास गाउँपालिका–२ मालघाट घटनाबारे बुझ्न गृह मन्त्रालयबाट गठित छानबिन टोली मंगलबार साँझ दार्चुला सदरमुकाम पुगेको छ । सोमबार काठमाडौंबाट हिँडेको घटना छानबिन समितिका संयोजक गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको टोली मोटरमार्ग हुँदै यहाँ आइपुगेको हो । 

टोलीले मंगलबार नै जिल्लास्थित सुरक्षा निकाय र जिल्लाबाट घटनास्थल पुगेको टोलीसँग मंगलबार नै घटनाबारे जानकारी लिने बुझिएको छ । भारतीय सुरक्षाकर्मीले तुइनको डोरी फुकाइदिँदा दार्चुलाको ब्यास गाउँपालिका–२ का जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाबारे अनुसन्धान गर्न गृह मन्त्रालयबाट आएको छानबिन टोलीले घटनाबारे प्रत्यक्षदर्शीलाई गहन रुपमा सोधपुछ गर्ने जिल्ला प्रशासनले जनाएको छ ।

घटनाबारे बुझ्न जयसिंह तुइनबाट खसेको प्रत्यक्षदर्शी तीन जनालाई सोमबार नै खलंगा झिकिएको टोली सदस्य एवं सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले बताइन् ।

प्रकाशित : श्रावण १९, २०७८ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?