१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बालबालिकालाई एसओएसको सहयोग

कान्तिपुर संवाददाता

टीकापुर — कोरोना संक्रमणबाट अभिभावक गुमाएर बिचल्लीमा परेका यहाँका एकै परिवारका दुई जना बालबालिकालाई एसओएस बालग्राम धनगढीले शिक्षा, स्वास्थ्य र पोषणमा सहयोग गरेको छ ।

कैलालीको जानकी गाउँपालिका–२ का ३३ वर्षीय आशाराम चौधरीको गत जेठ १ मा कोरोना संक्रमणबाट मृत्यु भएपछि उनका छोराछोरीको २१ वर्षको उमेरसम्म शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने एसओएस बालग्रामले जिम्मा लिएको हो ।

ती बालबालिका बिचल्लीमा परेको समाचार कान्तिपुर दैनिकमा अघिल्लो साता प्रकाशन भएको थियो । मृतक आशारामकी श्रीमती अनिता चौधरी अपांगता भएकी र बुबाआमा ज्येष्ठ नागरिक हुन् । यसअघि सिलाइकटाइ पेसाबाट आशारामले परिवार धान्दै आएका थिए । एसओएस धनगढीका निर्देशक पदमबहादुर हमालले दुवै बालबालिकालाई शिक्षाका लागि जनही मासिक ६ हजार रुपैयाँ दिने र स्वास्थ्य बिमा गरिदिएको बताए । उनले भने, ‘उनीहरूमा जटिल स्वास्थ्य समस्या भई बिमाबाट पनि उपचार हुन नसक्ने अवस्थामा संस्थाले उपचारमा सहयोग गर्नेछ ।’

प्रकाशित : श्रावण १९, २०७८ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?