कर्णाली नदीमा डुंगा पल्टिँदा एक जनाको मृत्यु, तीन बेपत्ता- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्णाली नदीमा डुंगा पल्टिँदा एक जनाको मृत्यु, तीन बेपत्ता

गणेश चौधरी

टीकापुर — कर्णाली नदीमा डुंगा पल्टिँदा एक जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् । कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका जाने क्रममा डुंगा पल्टिएको हो ।

डुंगा पल्टिँदा २२ वर्षीया धनसरी सलामीको मृत्यु भएको हो । यस्तै, २० वर्षीया पार्वती थापा, २२ वर्षीया उर्मिला सलामी र १० दिने बच्चा बेपत्ता रहेका प्रहरीले जनाएको छ ।

डुंगामा १० जना सवार रहेकामा दुई बालबालिका घाइते भएका र उनीहरुको उपचार भइरहेको जनाइएको छ ।

डुंगामा सवार अरु भने पौडिएर जोगिएका छन् ।


प्रकाशित : श्रावण १७, २०७८ १५:२७
प्रतिक्रिया
पठाउनुहोस्

कैलालीमा भत्ता बुझ्न गएका ज्येष्ठ नागरिकको मृत्यु

गणेश चौधरी

टीकापुर — सामाजिक सुरक्षा भत्ता बुझ्न गएका ७६ वर्षीय नरबहादुर साउदको वडा कार्यालय परिसरमै मृत्यु भएको छ । टीकापुर नगरपालिका–८ कालीमाटीका उनी शनिबार भत्ता बुझ्न वडा कार्यालय गएका थिए । 

बैंकमा आउन जान टाढा हुने भएकोले शनिबार वडा कार्यालयमै भत्ता वितरण भएको वडाध्यक्ष दीर्घ ठकुल्लाले बताए । उनका अनुसार साउद २/३ दिनदेखि बिरामी रहेका ती वृद्ध भत्ता बुझ्न वडा कार्यालय आएका थिए ।

वडा कार्यालय परिसरमा एक्कासी ढलेपछि उनलाई स्वास्थ्य चौकीमा राखी उपचार गर्दागर्दै ज्यान गएको उनले जनाए ।


प्रकाशित : श्रावण १६, २०७८ २०:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×