कैलालीमा नदीमा डुबेर २ बालिकाको मृत्यु

कान्तिपुर संवाददाता

टीकापुर — कैलालीको कन्द्रा नदीमा डुबेर २ बालिकाको मृत्यु भएको छ । भजनी नगरपालिका–९ डोङ्गपुरका ९ वर्षीया लक्ष्मी सिंह र ७ वर्षीया जेनी चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

कन्द्रा नदीमा शुक्रबार साँझतिर नुहाउन जाँदा उनीहरुको मृत्यु भएको जनाइएको छ । उनीहरुसँगै नुहाउन गएकी ६ वर्षीया अनु सिंह बेपत्ता रहेकी र खोजी भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : श्रावण १५, २०७८ २०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?