खैरो हेरोइनसहित ३ जना पक्राउ

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको बेदकोट नरगपालिका ३ बाट प्रहरीले खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको छ । शुक्रबार दिउँसो उनीहरुलाई करिब २० ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

खैरो हेरोइनसहित ३ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सिद्धराज न्यौपानेका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका १ तिलकपुरका ३७ वर्षीय रमेश दमाइ र ४२ वर्षीय तपेन्द्र स्वार, भारतको उत्तरप्रदेश बरेलीका २८ वर्षीय मोहमद आरिफ रहेका छन् । उनीहरुबाट दुई वटा मोटरसाइकल, लागूऔषध तौल गर्न प्रयोग गरिने डिजिटल तराजु मेत बरामद भएको उनले बताए ।


प्रकाशित : श्रावण १५, २०७८ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?