कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

सतर्कता नहुँदा कोरोना फैलिने जोखिम

पसलहरुमा भौतिक दूरीबिनै किनबेच
तृप्ति शाही

बैतडी — लकडाउन खुलेसँगै कोरोना सतर्कता पनि जिल्लामा घट्दो क्रममा छ । बजारमा व्यापारीदेखि सेवाग्राहीसम्म कमले मात्र मास्क लगाएको देखिन्छ । सेनिटाइजरको प्रयोग त अधिकांशले गर्नै छोडिसकेका छन् ।

सतर्कता नहुँदा कोरोना फैलिने जोखिम

जिल्लामा धेरैको सहभागितामा विभिन्न कार्यक्रम पनि भइरहेकै छन् । जिल्लाका मुख्य बजार र चोकहरूमा पनि स्थानीयको बाक्लो भीडभाड देख्न सकिन्छ । पसलहरूमा पनि भौतिक दूरीबिनै किनबेच भइरहेको हुन्छ ।

साउनलाई धार्मिक महिनाका रूपमा लिइने भएकाले जिल्लाका सबै मन्दिरहरूमा पूजाआजा गर्नेहरूको पनि निकै भीड लाग्ने गरेको छ । यही साउन ३ र ४ गते सयौंको संख्यामा स्थानीय भेला भएर त्रिपुरासुन्दरी मन्दिरमा मेला पनि लागेको थियो । भौतिक दूरीबिनै जिल्लाका मन्दिरहरूमा भीडभाड हुने गरेको छ ।

जिल्लामा कोरोनाबाट जोगिन सतर्कता नै नरहेको दशरथचन्द नगरपालिका–४ की वडा सदस्य कल्पना रानाले बताइन् । ‘केही व्यक्तिले मात्र मास्क लगाएको देख्न सकिन्छ । नभए कसैले पनि लगाउँदैनन्,’ उनले भनिन्, ‘सवारीसाधनमा पनि उस्तै कोचाकोच गरेर यात्रा गरिरहेका हुन्छन् ।’ यस्तै अवस्था रह्यो भने कोरोना बढ्न सक्ने उनले बताइन् । गाउँघरमा लापरबाही गर्नेहरूलाई कोरोना देखिन लागेको पनि उनले बताइन् ।

५० बढी घरधुरी रहेको जिल्ला सदरमुकामको मुख्य बजार गढीमा केही समयअघि कोरोना संक्रमण घरघरै भएको थियो । चार जनाको दोस्रो चरणको कोरोनाको बेला एकै टोलमा मृत्युसमेत भएको थियो । भयावह अवस्था रहेको गढीमा पनि अहिले सुरक्षा सतर्कता नरहेको स्थानीय शोभा सिनालले बताइन् । उनले भनिन्, ‘कसैले पनि कोरोनाको डर मान्दैनन् । फेरि बढ्ला कि भन्ने लाग्छ ।’

जिल्लामा अहिले २४ सक्रिय संक्रमित छन् । एक जना जिल्ला अस्पतालमा भर्ना भएको अस्पतालका प्रमुख डाक्टर वसन्तराज जोशीले बताए । यही सतर्कता नभएर कोरोनाको दोस्रो चरण यति छिटो फैलिएको डा. जोशीले बताए । ‘घट्दो चरणमा रहेको कोरोना यस्तै लापरबाही भए बढ्ने देखिन्छ,’ उनले भने, ‘सबैले खोप पाएका पनि छैनन् । फेरि फैलिन्छ होला । तेस्रो लहर आउन सक्छ । झनै गाह्रो अवस्था रहन सक्छ ।’

प्रकाशित : श्रावण १०, २०७८ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?