बैतडीमा मन्दिरको सुन चोरी, आरोपित ५ जना प्रहरीको नियन्त्रणमा

तृप्ति शाही

बैतडी — बैतडीमा मन्दिरको सुन चोरेको आरोपमा ५ जना पक्राउ परेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका—१ रिममा रहेको लटिनाथ मन्दिरको ९ तोला सुन चोरेको आरोपमा स्थानीय लालबहादुर कार्की, हरिकृष्ण सार्कीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

त्यस्तै चोरीको सुन खरिद गरेका दार्चुला शैल्यशिखर नगरपालिकाका सुनचाँदी व्यवसायी भुवनसिंह साहुलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

स्थानीयले दिएको निवेदनको आधारमा रीमकै धनबहादुर कार्की र केशव सार्कीलाई असार २४ गते नै प्रहरीले नियन्त्रणमा लिएको थियो । दुई जनाको बयानको आधारमा अन्य ३ जनालाई पक्राउ गरिएकोइलाका प्रहरी कार्यालय पाटनका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए । पक्राउ परेकाहरुबाट पौने चार तोला सुन बरामद पनि भएको छ । पुजारीले ९ तोला सुन रहेको बताएका छन् । चोरी आरोप लागेकाहरुमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

गत पुसमा सुन चोरी भए पनि असारअन्तिमतिर मात्र प्रहरीमा उजुरी परेको थियो ।

प्रकाशित : श्रावण ९, २०७८ १८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?