धनगढीमा प्रहरी र स्थानीयबीच झडप, १२ प्रहरी घाइते

५० राउण्ड अश्रुग्यास प्रहार
अर्जुन शाह

धनगढी — धनगढी उपमहानगरपालिका–३ को हाटबजार विद्युत सब स्टेशनलगायतका क्षेत्रमा जमेको पानी निकास गर्न खोज्दा मंगलबार साँझ स्थानीय र प्रहरीबीच झडप भएको छ ।

धनगढीमा प्रहरी र स्थानीयबीच झडप, १२ प्रहरी घाइते

पानी निकास गरिएपछि स्थानीयले ढुंगा प्रहार गरेका थिए । स्थितीलाई नियन्त्रणमा लिन ५० राउण्ड अश्रु ग्यास प्रहार गर्नुपरेको कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।

हाट बजार र विद्युत कार्यालयको सब स्टेशन जलमग्‍न भएपछि मोहनापुल–अत्तरिया ६ लेन सडकमा निर्माण गरिएको कल्भर्ट खोलेर पानी निकास गर्ने क्रममा वडा नम्बर २ का स्थानीयले प्रहरीलाई अवरोध गरेका थिए ।

उनीहरुले कल्भर्ट खोल्दा वडा नम्बर २को बस्ती ढुवानमा पर्ने भन्दै अवरोध गरेका हुन् । स्थानीयको ढुंगा प्रहारबाट १२ जना प्रहरी घाइते भएको र तनाव अझै कायम रहेको एसपी अधिकारीले बताए । स्थानीयतर्फ घाइते भए/नभएको विवरण भने आएको छैन ।

प्रकाशित : श्रावण ५, २०७८ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?